समाचार

प्रधान सेनापति र गणतन्त्र कोरियाका राजदूतबीच भेट

३० कार्तिक, काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र गणतन्त्र कोरियाका  राजदूत पार्क चोंग सुक बीच आज जङ्गी अड्डामा शिष्टाचार भेट वार्ता भएको छ ।

प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।