कर्णाली प्रदेश

कांग्रेस महाधिवेशनः जुम्लाबाट २५ महाधिवेशन प्रतिनिधि चुनिए

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेस जुम्लाको जिल्ला अधिवेशनबाट २५ महाधिवेशन प्रतिनिधि चुनिएका छन् । महाधिवेशन प्रतिनिधिका लागि यही मङ्सिर ६ गते निर्वाचन भएको थियो ।

सहायक निर्वाचन अधिकृत दुर्गबहादुर बस्नेतका अनुसार खुलातर्फ १० महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ । निर्वाचित हुनेमा देवेन्द्रबहादुर शाही ९५०९०, राजुसिंह कठायत ९४९२०, भक्तबहादुर रोकाया ९४८१०, दिनबन्धु श्रेष्ठ ९४७९०, धनबहादुर बस्नेत ९४५१०, कर्णजङ्ग हमाल ९४४१०, गोविन्दबहादुर शाही ९४३९०, गौरीनन्द आचार्य ९४३८०, दिलबहादुर महत ९४३८० र लङ्कबहादुर शाही ९४३४० रहेका छन् ।

महिलातर्फ कान्तिका सेजुवाल ९५१२०, भगवती श्रेष्ठ ९४८१०, पुन्नकली महतारा ९४४७० र गीता शाही ९४४६० महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

यस्तै खस आर्य पुरुषतर्फ ललितजङ्ग शाही ९५१५०, जयहरि आचार्य ९५०००, पदमबहादुर शाही ९४७०० र लक्ष्मीप्रसाद उपाध्याय ९४१२०, खस आर्य महिलातर्फ रामदेवी खड्का ९४७३०, उर्मिला खत्री भण्डारी ९४५००, उमा बुढा रावत ९४२३० र दिलकुमारी हमाल ९४२२० विजयी भएका छन् ।

यसैगरी दलित पुरुषतर्फ कृष्ण कामी ९४६९०, दलित महिलातर्फ लक्ष्मी कामी ९४६३० र अपाङ्गतर्फ विष्णुबहादुर शाही ९४५७० महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत बस्नेतले जानकारी दिएका छन् ।