प्रदेश 1

प्रदेश १ मा डा. शेखर कोइराला पक्षका गुरु घिमिरेको प्यानलको अग्रतामा (अपडेट)

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता कायम छ । घिमिरे डा.शेखर कोईराला पक्षका हुन् । प्रदेश महाधिवेन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानपछि अहिले मतगणना जारी छ । अहिलेसम्म ४ सय मतगणना सम्पन्न हुँदा घिमिरेले ५०३ मत प्राप्त गरेका छन् । साथै उनका प्रतिस्पर्धी उद्धव थापाले ४६१ मत पाएका छन् । एक हजार मतगणना हुँदा उक्त परिणाम आएको हो । 

बाँकी पदको चार सय मतगणना गर्दाको परिणाम : यस्तै उपसभापतिमा भने रमेशजंग रायमाझिले १८६ मतका साथ अग्रता लिएका छन् । भने टंक प्रसाद राईले १८१ मत प्राप्त गरेर दोस्रो स्थानमा रहेका छन् साथै गोविन्द प्रसाद ढुंगाना (केदार) ले १७३ मत प्राप्त गर्दा विश्वनाथ रिजालले १६७ मत पाएर सबैभन्दा पुछारमा रहेका छन् ।

यस्तै महामन्त्रीमा उमेश थापा सबैभन्दा अगाडी रहेका छन उनले अहिलेसम्म १९५ मत प्राप्त गरेका छन् । भने दिपन कुमार श्रेष्ठ १८३ र भुपेन्द्र राईले १७९ मत प्राप्त गर्दा पदम सुन्दर पालुङ्वाले १६६ ल्याएर पछ्याईरहेका छन् ।

यस्तै सहमहान्त्री महिलामा सीता कार्कीको अग्रता रहेको छ । जारी मतगणनामा उनले १८८ पाएकी छिन् भने उनकी  प्रतिस्पर्धी प्रमिला कुमारी गच्छेदारले १७५ मत पाएकी छिन् । साथै सहमहामन्त्री खुल्लामा २ सय २७ मतका साथ खड्ग फागो अगाडी रहेका छन् भने विनोद कुमार बस्नेतले १६८, वीरकाजी राईले १५८, रोहित कुमार साहले १५१ र शुभचन्द्र राईले १४ मत प्राप्त गरेका छन् ।