पु.समाचार

देउवालाई महामन्त्री छान्न सकसः मन्त्री कार्की, खाँड र शर्मा सहित पाँचको दाबी

२२ मंसिर, काठमाडौं ।  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पक्षको बैठक बुढानीलकण्ठमा बसेको छ । बैठकममा महामन्त्रीका लागिमात्रै गृहमन्त्री बालकृष्ण खाँड र प्रवक्ता विश्वप्रकाश शर्मा सहित पाँच जनाले दाबी पेश गरेका छन् ।

दाबी पेश गर्नेमा गृहमन्त्री बालकृष्ण खाँड, विश्वप्रकाश शर्मा, एनपी साउद, डा.प्रकाशशरण महत, र ज्ञानेन्द्र बहादुर कार्की  रहेका छन् । यद्यपी कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मापनि महामन्त्रीका आकांक्षी हुन् तर देउवाले उनलाई सहमहामन्त्रीमा बस्न आग्रह गरेका छन् ।

महामन्त्रीमा मात्रै धेरै जनाले दाबी गरेपछि १४ औं महाधिवेशनका लागि आफ्नो समुहबाट पदाधीकारी छान्न सभापति देउवालाई सकस परेको छ । आज बुढानीलकण्ठमा पदाधीकारी टुंगो लगाउन बसेको बैठकमा आकांक्षी धेरै भएपछि बैठक निस्कर्ष बिहिन भएको छ ।

सभापतिमा देउवाको उम्मेदवारी निस्चित भएपनि अन्य पदाधीकारीका उम्मेदवार टुंगो लगाउन देउवा पक्षलाई सकस परेको छ । पदाधीकारीको आकांक्षी धेरै भएपछि बैठक बिहिबार पुनः बस्नेगरि स्थगीत भएको छ ।