राजनीति

नेतृत्वमा देउवालाई लिएर चुनावमा गए कांग्रेसका लागि घातकः मीनेन्द्र रिजाल

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कांग्रेसमा नेतृत्व परिवर्तनको आावस्यकता रहेको बताएका छन् ।

आज बिहान १४औँ महाधिवेशनमा महामन्त्री पदका लागि उमेदवारी घोषणा गर्दै डा.रिजालले नेतृत्वमा पुरानै अनुहार लिएर चुनावमा जाँदा कांग्रेसका लागि घातक हुन सक्ने बताएका छन् । रिजालले पार्टी सभापतिमा शेरबहादुर देउवा दोहोरिन नहुने बताएका छन् ।

काठमाडौंको नक्सालमा आयोजित कार्यक्रममा उनले नेतृत्वमा पुरानै अनुहार लिएर चुनावमा जाँदा जनताले नपत्याउने बताएका छन् । उनले सहज रूपमा मुलुकलाई आम निर्वाचनसम्म पुर्याउनु वर्तमान सरकारको अभिभारा भएको पनि बताए ।

साथै उनले काठमाडौंमा आजदेखी सुरू हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पार्टी नेतृत्व परिवर्तन हुने समेत दाबी गरेका छन् ।