राजनीति

१४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डप पुगे वरिष्ठ नेता पौडेल

२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि १४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता पौडेल पनि मञ्चमा पुगेका हुन् । साथै बिभिन्न राजनीतिक दलका शीर्ष नेताहरु १४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डपमा आउने क्रम जारी छ ।

यसअघि नेता पौडेलले महाधिवेशनको उदघाटन समारोहमा सहभागी नहुने अड्डी लिएका थिए । सभापतिको उम्मेदवारमा दाबी गर्दै आएका पौडेलले आफ्नो नाममा सहमती नजुटेपछि महाधिवेशनस्थलमै नजाने बताएका थिए ।

उनलाई फकाउन नेताहरु आज बिहान पनि पौडेल निवास पुगेका थिए । महाधिवेशन उदघाटन समारोह औपचारिक रुपमा सुरु हुनुअघि अहिले मञ्चमा सांस्कृतिक कार्यक्रम भइरहेको छ ।