पु.समाचार

प्रकाशमान सभापति र सुजाताको उपसभापतिमा उम्मेद्वारी दर्ता

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसको १४ औं महाधिवेसनमा सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताका लागि प्रकाशमान सिंह र सुजता कोइराला बाजागाजासहित राष्ट्रियसभा गृह पुगेका थिए ।

सिंहले सभापति र कोइरालाले उपसभापतिमा उम्मेदवारी दिएका छन् । केहीबेरअघि आफूहरूले नेतृत्वमा उम्मेदवारी दिने घोषणा गरेलगत्तै दुवै जना समर्थकका साथ उम्मेदवारी दर्ता गराउने राष्ट्रियसभा गृह पुगेका हुन् ।