राजनीति

देउवालाई धनराजको शुभकामनाः राजनीतिका थोक बिक्रेताहरुसँग सजग रहनुहोला

२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिका उम्मेदवार धनराज गुरुङले प्रधानमन्त्रीमा विजयी भएका शेरबहादुर देउवालाई शुभकामना दिएका छन् ।

डा.शेखर कोईराला प्यानलबाट उपसभापतिमा उम्मेद्वार दिएका गुरुङले शुभकामना दिँदै राजनीतिका थोक बिक्रेताहरुसँग सजग रहन देउवालाई सुझाव दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त गुरुङले दोश्रो पटक कांग्रेस सभापतिमा चयन एएकोमा देउवालाई बधाई दिँदै राजनीति व्यापार हैन, तर राजनीतिका थोक बिक्रेताहरुसँग सजग रहनु होला भन्दै सुझाव दिएका हुन् । गुरुङले दा्स्रो पटक सभापतिमा निर्वाचित देउवालाई कार्यकाल सफलताको शुभकामना दिएका छन् ।

सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी भएका हुन् । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गरेका थिए भने डा कोइरालाले १ हजार ८५५ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।