१ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । महामन्त्रीको मतपरिणाम सार्वजनिक भएसंगै तीन सहमहामन्त्री पदको मतगणना सुरु गरिएको हो ।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका आज अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मात्रै मतगणना भईरहेको छ । अन्य ५ सहमहामन्त्रीको भने भोलि हुने भएको छ ।





