१ पुस, काठमाडौं । रक्षामन्त्री डा.मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन् । १४ औं महाधिवेशन अन्तर्गत महामन्त्रीमा पराजित भएका डा.रिजालले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका छन् । साथै उनले केहीबेरमा पत्रकार सम्मेलन गर्ने समेत बताएका छन् ।
यसअघि डा रिजालले सामाजिक सञ्जालमार्फत महामन्त्रीको अन्तिम नतिजा प्रकाशित हुने बित्तिकै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने बताएका थिए ।





