पु.समाचार

थारु कोटाबाट देउवा प्यानलका उमाकान्त सहमहामन्त्रीमा विजयी

२ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्री पदमा उमाकान्त चौधरीको निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा भएको मतगणनामा उनी थारु कोटार्तफ निर्वाचित भएका हुन् । उनी शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका थिए ।

मतपरिणामअनुसार चौधरीले २५४५ मत र तेजुलाल चौधरीले १७७२ मत पाए । यसअघि देउवा समूहबाट फर्मुल्ला मन्सुर र किशोर सिंह राठौर निर्वाचित भएका छन् भने शेखर प्यानलबाट बद्री पाण्डे निर्वाचित भएका छन् । बिहीबार भएको मतगणनामा देउवा प्यानलबाट डीना उपाध्याय, भीष्मराज आङदाम्बे निर्वाचित भएका थिए भने शेखर समूहबाट जीवन परियार निर्वाचित भएका थिए ।