पर्यटन/संस्कृति

निगमले माग्यो नयाँ जहाज किन्न सरकारसंग १५ अर्ब

६ पुस, काठमाडौं । नेपाल एयरलाईन्सले सरकारसंग जहाज किन्न भन्दै रकम माग गरेको छ । निगमले नयाँ खरिदका लागि योजना बनाएको भन्दै एयरलाईन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारसंग १५ अर्ब माग गरेका छन् ।

निगममा आज आयोजित कार्यक्रममा अधिकारीले नयाँ जहाज खरिद गर्ने निर्णय भएको भन्दै पर्यटन मन्त्रीसंग यस्तो माग राखेका हुन् ।