प्रदेश 2

कांग्रेस प्रदेश नं २ को सभापतिमा देउवा पक्षका कृष्ण यादव निर्वाचित

९ मंसिर, जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को सभापतिमा प्रधानमनत्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा पक्षीय कृष्ण यादव निर्वाचित भएका छन् । आज बिहान सम्पन्न सभापति पदको मतगणनाअनुसार उनी ९९६ मत प्राप्त गरी प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी रामसरोज यादवले ८५५ मत मात्र प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको जनाइएको छ । प्रदेश सभापतिमा निर्वाचित कृष्णा नेपाली कांग्रेस रौतहटका सभापति हुन् भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री छन् । रामसरामेज यादबलाई निबर्तमान उपसभापति एबम् नेपाली काँग्रे्सको १४ औं महाधिवेशन अन्तर्गत सभापतिका उम्मेद्वार बिमलेन्द्र निधिको समर्थन थियो ।

उपसभापतिलगायत अन्य पदको मतगणना भइरहेको र आज साँझसम्म अधिकांश पदको मतगणना सकिने निर्वाचन समिति संयोजक प्रह्लाद गौतमले जानकारी दिए । सतसठ्ठी पदका लागि बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कूल एक हजार ९५१ मतदातामध्ये एक हजार ८८१ मत खसेको थियो ।