आर्थिक

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गोरख राणालाई डेपुटी सीईओमा नियुक्त

१७ पौष, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले गोरख राणालाई डेपुटी सीईओमा नियुक्त गरेको छ। डिसेम्बर २०२१ ले १ जनवरी २०२२ देखि लागू हुने गरी गोरख राणालाई नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको घोषणा गरेको छ।

श्री राणासँग नेपालको बैंकिङ उद्योगको गहिरो ज्ञानका साथ २७ वर्षभन्दा लामो बैंकिङ अनुभव छ।

उनी सन् १९९४ मा रिटेल र प्राइभेट बैंकिङमा SCBNL मा सामेल थिए र सन् १९९६ मा कर्पोरेट र संस्थागत बैंकिङमा सरे ।

जहाँ उनले रिलेसनसिप म्यानेजर, सिनियर क्रेडिट म्यानेजर, हेड अफ क्लाइन्ट कभरेज इत्यादि सम्मका विभिन्न पदमा काम गरेका छन् र अन्तिम नियुक्ति ग्लोबल बैंकिङको प्रमुखको रूपमा भएको छ।