आर्थिक

कुन राम्रो: नेक्सन वा ब्रेजा ?

नेक्सन भर्सेस ब्रेजा/ १८ मंसिर, काठमाडौं । टाटा नेक्सन एउटा उत्कृष्ट एसयुभी हो । स्टाइल, टेक्नोलोजी, डिजाइन, फिचर्स् र लक्जरिको हिसाबले यो गाडी प्राय सबैको रोजाइको पहिलो गाडी बन्न सफल भएको छ । बजारमा टाटा नेक्सन एसयुभीको माग दिनानुदिन बढ्दै गएको कारणले पनि सहजै अनुमान लगाउन सकिन्छ कि यो गाडीमा ग्राहकहरूलाई आकर्षण गर्नसक्ने थुप्रै विशेषताहरु छन । आम उपभोक्ताको सोचले एउटा साझा सवाल पैदा गर्न सक्छ, कि मारुती सुजुकीको ब्रेजा भन्दा टाटा नेक्सन किन र के कस्ता कारणहरुले राम्रो छ ?
आउनुहोस् ! गाडीमा उपलब्ध सुबिधाहरु, विशेषताहरु र प्राविधिक पक्षलाई समेत समेटेर ब्रेजा र नेक्सन बिचको स्वस्थ तुलना गरेर हेरौं ।

पावर र एटिट्युट
१.२ लिटर टर्बो चार्जड पेट्रोल रेभट्रोन इन्जिन भएको मारुती ब्रेजाले ७७ एक् पावर दिन्छ भने यसको तुलनामा रहेको टाटा नेक्सनको १.२ लिटर टर्बो चार्जड पेट्रोल रेभट्रोन इन्जिनले १२० एक् पावर दिन्छ र १.५ लिटर टर्बो चार्जड डिजेल रेभट्रोन इन्जिनले २६० टर्कका साथ ११० एक् पावर दिन्छ । ब्रेजामा ५ स्पीड म्यानुअल ट्रान्समिसन छ, जबकि नेक्सनमा अटोमेटिक ६ स्पीडको सुविधा छ । ब्रेजाको एआरआई रेटिङ १७.०३ कि.मि प्रति लिटर छ, जबकि नेक्सनको एआरआई रेटिङ १७.२ कि.मि प्रति लिटर (पेट्रोल) रहेको छ । नेक्सनको लम्बाइ ३,९९३, चौडाइ १,८११ र उचाइ १,६०६ छ, जबकि ब्रेजाको लम्बाइ ३,९९५, चौडाइ १,७९० र उचाइ १,६४० रहेको छ ।

ग्लोबल एनक्यापको सेफ्टी रेटिङ्ग
सुरक्षाको कुरा गर्ने हो भने ब्रेजा भन्दा नेक्सन नै अधिक सुरक्षित मानिन्छ । सवारी साधनको सुरक्षा मुल्याङ्कन गर्ने विश्वव्यापि मान्यता प्राप्त ग्लोबल एनक्यापको क्यास टेस्टबाट गरिन्छ । यस परिक्षणको आधारमा टाटा नेक्सनले Adult Occupancy मा 5-star Child Occupancy मा 3-star प्राप्त गरेको छ भने ब्रेजाले Adult Occupancy मा 4-starChild Occupancy मा 2-star मात्र प्राप्त गरेको छ ।

ग्राउन्ड क्लियरेन्स
ग्राउन्ड क्लियरेन्सको मामिलामा कुरा गर्दा– टाटा नेक्सनको २०९ छ भने ब्रेजाको १९८mm रहेको छ । यस सन्दर्भमा हेर्दा टाटा नेक्सन स्पष्ट विजेता हो । ब्रेजाको तुलनामा नेक्सनको २०९’ ग्राउन्ड क्लियरेन्स हुनुको साथै अति राम्रो क्लियरेन्स छ । खाल्डाखुल्डी सडक र अव्यवस्थित ढंगले बनाइएका स्पीडहम्पहरूबाट बच्नका लागि नेक्सनमा भएको हाई ग्राउन्ड क्लियरेन्स ठूलो वरदान हुनेछ ।

डिजाइन
नेक्सनमा राउण्डेड व्हील आर्चेजलाई समन्वय गरी राम्ररीे डिजाइन गरिएको छ जसले यसलाई थप बलियो र मजबुत देखाउँछ । जहाँसम्म ग्रिल र लाइटिङको कुरा छ, अगाडिको भाग निकै आकर्षक छ । निःशन्देह यो एक सुन्दर डिजाइन हो । ब्रेजाको डिजाइन सुजुकी आईभीफोर र एक्सए–अल्फाबाट धेरै प्रभावित छ । ब्रेजामा म्यासिभ एअर ड्यामसहित आकर्षक ठूलो बम्पर, ब्ल्याक–आउट फग लाइट केसिङ र फल्स स्कफ प्लेट रहेकोले आकर्षक देखिन्छ । यसले अघिल्लो भागलाई फरक देखाउँछ ।

आरामदायी ड्राइभिङ
नेक्सनसँग तीनवटा ड्राइभिङ मोड छन्– स्पोर्ट्स, इको र सिटी, जसले मन लागेको स्पीड र मोडमा ड्राइभ गर्न सजिलो बनाउँदछ । त्यसैगरी, ब्रेजाले चिल्लो, ग्राभेलिङ्ग तथा कच्ची बाटोको यात्रालाई समेत सहज बनाउँदछ । यद्यपि, नेक्सनमा भएका केही आधुनिक सुविधाहरू ब्रेजामा उपलब्ध छैनन् । नेक्सनमा रियर एसी भेन्ट्स, वेयरेबल की, पूर्ण डिजिटल उपकरण क्लस्टर, टिपीएमएस र फलो मी होम लाइटिङलाई व्यवस्थित रुपमा जडान गरिएको छ तर, ब्रेजामा यी सुविधाहरु छैनन् ।

इन्टेरियर र सनरुफ
नेक्सनको भित्री भागले हल्का र हावादार अनुभूति दिन्छ । यसमा सेन्टर कन्सोल क्लटर–फ्री छ, जसमा केवल एक फ्लोटिङ इन्फोटेनमेन्ट प्यानल राखिएको छ जसको कारण यसमा क्याबिनको स्टोरेज स्पेस बढी छ । मारुती सुजुकी भिटारा ब्रेजामा कम्फी र अन्डरस्टेटेड इन्टेरियर, पर्याप्त क्याबिन स्टोरेजका साथै खुट्टा र काँधका लागि पर्याप्त ठाउँ सहितको समकालीन डिजाइन छ । नेक्सनमा इलेक्ट्रिक सनरुफ छ तर, ब्रेजामा यो सुविधा छैन ।

अन्तिम रोजाइ
प्रफर्मेन्स, डिजाइन, फिचर्स् र लक्जरियस आदिको हिसावले ब्रेजा भन्दा नेक्सन उत्तम साबित भएको छ । तसर्थ, यदि तपाईंहरु पनि जिवनको महत्वको सहि मूल्याङ्कन गर्दै सहि गाडीमा लगानी गर्ने विचारमा हुनुहुन्छ भने तपाईंको लागि ब्रेजा भन्दा नेक्सन नै उत्तम छनौंट हुनेछ ।