प्रदेश 1

प्रदेश नं १ मा २३ जनामा कोरोना सङ्क्रमण

२२ पुस, काठमाडौं । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा २३ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ३३४ जनाको पीसीआर परीक्षण गर्दा १८ र ११८ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा सातरसात, इलाम र झापामा एकरएक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा सात, सुनसरीको इटहरीमा चार, धरानमा दुई र इनरुवामा एक, इलामको इलाम नगरपालिका र झापाको कमल गाउँपालिकामा एकरएक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आज चार महिलासहित १२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या १५० रहेको मन्त्रालयले जनाएको छ ।