सामाजिक सञ्जाल

पृथ्वीनारायण शाहको शालिकमा राजा, राष्ट्रपति र सेनाको उपस्थिति सह्रानीयः कमल थापा

२७ पुस, काठमाडौं । राप्रपाका निबर्तमान अध्यक्ष कमल थापाले पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गरिनु,नेपाली सेनाले सम्मान अर्पण गर्नु प्रशंसनीय भएको बताएका छन् ।
पुर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता थापाले राजा, राष्ट्रपति र सेना प्रमुखले परम्परा निरन्तर कायम रहोस् भन्दै राजा ज्ञानेन्द्रको उपस्थितिले सुनमा सुगन्ध थपेको टिप्पणी गरेका छन् ।

नेता थापाको ट्वीटः पृथ्वीजयन्तीको अवसरमा राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गरिनु,नेपाली सेनाले सम्मान अर्पण गर्नु प्रशंसनीय छ। यो परम्परा निरन्तर कायम रहोस्।राजा ज्ञानेन्द्रको उपस्थितिले सुनमा सुगन्ध थपेको छ।आमजनताको स्वस्फूर्त सहभागिता उत्साहजनक रह्यो।प्रमको अनुपस्थिति ठिक लागेन