समाचार

प्रचण्डपछि अध्यक्ष नेपाललाई कोरोना सङ्क्रमण, देउवाको नेगेटिभ पुष्टी

२७ पौष, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

आशङ्का लागेर स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । कोटेश्वरस्थित निवासमा आराम गरिरहनुभएका अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

यसैगरी एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेल पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।  यसअघि नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललाई कोरोना संक्रमण भएर आईसोलेशनमा बसेका छन् । गठबन्धनका प्रमुख एबम् काँग्रेस सभापति, प्रधानमन्त्री शेरबहादुर देउवाको कोरोना भने नेगेटिभ पुष्टी भएको छ । गठबन्धनका अर्का नेता उपेन्द्र यादबको कोरोना परीक्षण गर्न बाँकी छ ।