समाचार

कोरोना संक्रमण नियन्त्रणका सम्पूर्ण संयन्त्र सरकारले परिचालन गरिसकेको छः प्रवक्ता कार्की

२९ पुस, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गरेका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका नेता कार्कीले पछिल्ला केहि दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढेको भन्दै कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस् लेख्दै खोप अभियान तीब्र गतिमा अगाडि बढेको जनाएका छन् । केहीदिन अगाडी कोरोना संक्रमणको आशंकामा आइसोलेशनमा बसेका मन्त्री कार्कीलाई कोरोना परीक्षणमा कोरोना नेगेटिभ देखिएको थियो ।

प्रवक्ता कार्कीको स्टाटस्ः पछिल्ला केहि दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको छ ।
नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ । खोप अभियान तीब्र गतिमा अगाडि बढेको छ ।
म आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु ।