प्रदेश 2

सुनौलि नाकाबाट बढदो स्पेयर पार्टस अवैध आयातले सरकारको राजस्वमा धक्का

३० पुस, काठमाडौं । हाम्रो देश नेपाल भारतसंग खुल्ला सिमानाका कारण अवैध रुपमा माल सामान ओसार पसारहुनु कुनै नौलो कुरा होइन तर विगत केहि महिना यता यो क्रम ह्रवातै बढेर गएकोछ जसको प्रतक्ष्य असर सरकारको राजस्वमा पर्ने देखिन्छ ।
विशेष रुपमा नेपालको मुख्य नाका मध्य एक सुनौलिनाका बाट अवैधरुपमा ठुलो मात्रामा गाडीमा लाग्ने पार्टसहरु भित्रिने गरेको पाइएको छ जसबाट राज्यलाई दिनहु ठुलोमात्रामा राजस्व नोसानि पर्ने गएको देखिन्छ । अधिकारीक रुपमा गाडीमा लाग्ने पार्टसहरु भित्राउ‘दा मुःअःकर सहित ४३ प्रतिशत सम्म राजस्व बुझाउन पर्ने हुन्छ तर यी सामान अवैध तवरबाट भित्रिदा सरकारलाई दैनिक लाखौको राजस्व नोक्सानि हुदै आइरहेको छ । जवकि सम्बधित निकाय मौन बसिदिदा यो क्रम दिनादुन बढदै गइरहेको छर । भैरहवा क्षेत्रमा अटो पार्टस व्यवसाय गरि बसेका जमुना एण्ड सन्सका सञ्ंचालक अनुसार संबन्धित निकायले कुनै चासो नदिंदा दैनिक खपतको ६० प्रतिशत भन्दा बढी पार्टसहरु अवैध तवरले आयात भैइरहेका छन जसले अवैध आयातलाई प्रोत्साहन गर्नुका साथै सरकारको राजस्व संकलनमा पनि असर पुराएको छ । सुरु–सरुमा सिमाना आसपासमा मात्र यस्ता गतिविधि भएपनि हाल आएर यस्तो अवैध आयात रुपन्देही , कपिलवस्तु एंव नवलपरासी का सम्पुर्ण क्षेत्रसम्म विस्तार भएकोबताउँछन् बुटवल मैनावगरमा अटो पार्टसको व्यवसाय गरि वसेको श्री कृष अटोमोवाइलका संचालक सुरज रेश्मी मगर तर संवन्धित निकाय भने यस्ता किसिमका अवैध आयातलाई निरुतसाहित गर्ने कुनै ठोस पहल नगरेको पाइएको छ ।
यस संम्बन्धमा संम्बन्धित निकाय लाई बारम्बार अधिकारीक रुपमा जानकारी गराएपनि सम्बन्धित निकाय चुप लागेर बस्नु आश्चार्यको विषय भएको बताउनु हुन्छ बुटवल इन्जिनियारिड. एसोसिएसनका उपाध्यक्ष बाबुराम आचार्यले सरकारलाई दैनिक लाखौका नोक्सानि हुनु भनेका आखिर जनतालाई नै नोक्सानि हुुनु होइन र ।
स्थानिय व्यापारीका अनुसार गाडी घनि स्वयंले सिमापारीका व्यपारीलाई सम्र्पक गनै र एजेन्टको सहयोगमा विभिन्न किसिमको सेटिङ्गमा ग्यारेज सम्म माल सामान उपलब्ध खुलेआम हुने गरेको हो जसले सरकारको राजस्वमा प्रतक्ष्य असर गरेको नै छ साथ साथै राज्यलाई कर तिरेर व्यवसाय संञ्चालन गरिरहेका स्थानिय व्यापारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको छ ।
यस्तो किसिबको भयावह स्थीति आइसक्दा पनि सम्बन्धित निकायले नजर अन्दाज गर्नुले सो निकायको कार्यशेलिप्रति समेत प्रश्न चिन्ह खडा गरेकोे छ साथ –साथै सस्तो मुल्यको लोभमा सक्कलि भनि नक्कलि पार्टसको प्रयोग पनि व्यापक रुपमा बढदै गएको देखिन्छ । यस सम्बधमा सम्बधित निकायले छिटो भन्दा छिटा ठोस कदम उढाएर अवैध किसिमका आयातलाई पूण रुपमा बन्द गर्नु पनै अति आवश्यक रहेको छ साथै भविष्यमा यस्ता किसिमका कियाकलापलाई निरुतसाहित गर्न केन्द्र सरकारले यसमा विशेष ध्यान पुराउन जरुरी देखिएको छ।

सरकारले यसमा विशेष ध्यान पुराउन जरुरी देखिएको छ।