समाचार

एमाले उपाध्यक्ष बिष्णु पौडेललाई कोरोना सङ्क्रमण

१ माघ, काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पिसीआर परीक्षणका क्रममा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव यम पाण्डेले जानकारी दिए । नेता पौडेल घरमा आइसोलेशनमा बसेर स्वास्थ्यलाभ लिइरहेका छन् ।