प्रदेश 1

प्रदेश १ मा ३४७ जनामा कोरोना सङ्क्रमण

२ माघ, बिराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३४७ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६९५ जनाको पिसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा पाँच, ताप्लेजुङ र भोजपुरमा दुईरदुई, खोटाङमा एक र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण भएको हो । प्रदेशमा आज सात महिलासहित २१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६८० रहेको मन्त्रालयले जनाएको छ ।