ब्रेकिङ न्युज

काभ्रेको बुच्चाकोटमा बस दुर्घटना : ७ जनाको मृत्यु, १५ घाइते

२९ जेठ, काठमाडौँ । काभ्रेको बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन बिष्टका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी नजिकैका अस्पतालहरूमा पठाइएको छ।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा३ख ८३९८ नम्बरको बस अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।