पर्यटन/संस्कृति

पर्यटन मन्त्री आलेलाई कोरोना सङ्क्रमण

३ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टी भएको छ । आज गरिएको कोरोना परीक्षणकाक्रममा मन्त्री आले सङ्क्रमित भएको पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री आलेसहित उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना सङ्क्रमण पुष्टी भएको छ । हाल दुवैजना निवासमै आइसोलेशनमा छन् । मन्त्री र स्वकीय सचिवको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन र कोरोना जाँच गर्न आग्रह गरिएको सचिवालयले जनाएको छ ।