सामाजिक सञ्जाल

प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय तहको निर्बाचन समयमा नै गर्नुपर्छः कमल थापा

४ माघ, काठमाडौं । पुर्व उपप्रधानमन्त्री एबम् राप्रपाका निबर्तमान अध्यक्ष कमल थापाले स्थानीय तहको निर्बाचन समयमा नै गर्नुपर्ने बिचार ब्यक्त गरेका छन् । उनले स्थानीयतहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीयतह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत छ भन्दै उक्त कुरा बताएका छन् ।


उनले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीयतह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत भन्दै प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय तहको निर्बाचन समयमा गर्नुपर्ने बिचार अघि सारेका छन् ।

कमल थापाको ट्वीटः स्थानीयतहको पदावधि सकिनु भन्दा दुई महिना अघि निर्वाचन गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्थालाई उपेक्षा गर्दै चुनाव पर सार्ने र कर्मचारीबाट स्थानीयतह संचालन गर्न चाहने सरकार र गठबन्धनको सोचाई गलत छ। प्रजातन्त्रको मेरुदण्ड मानिने स्थानीय सरकारको चुनाव समय मै सम्पन्न गरिनुपर्छ।