प्रदेश 1

प्रदेश १ : थप एक हजार १६ जनामा कोरोना पुष्टि

११ माघ, बिराटनगर। प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा थप एक हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ४९२ जनाको पिसिआर परीक्षण गर्दा ६९० जना तथा ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा कोरोना सङ्क्रमण भएको हो । पिसिआर परीक्षणका क्रममा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा आठ, तेहृथुममा सात, इलाममा चार, उदयपुरमा तीन, सङ्खुवासभामा दुई, भोजपुरमा एक र प्रदेश बाहिरका २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मोरङको विराटनगरका २४५, सुन्दरहरैचाका १७, बेलबारीका आठ, बूढीगङ्गा र उर्लाबारीका पाँच/पाँच, कटहरी र स्थानीय तह नखुलेका चार/चार, लेटाङ, कानेपोखरी, केराबारी, रतुवामाई र रङ्गेलीका दुई/दुई, ग्रामथान, मिक्लाजुङ, जहदा र धनपालथानका एक/एक, सुनसरीको धरानका ११३, इटहरीका ५२, इनरुवाका नौ, दुहवीका सात, रामधुनीका ६, हरिनगर, देवानगञ्ज र गढीका तीन/तीन, बर्जु, बराहक्षेत्र र कोसी गाउँपालिकाका दुई/दुई र स्थानीय तह नखुलेका पाँच जनामा कोरोना देखिएको हो ।

     यसैगरी झापाको विर्तामोडमा ३१, भद्रपुरमा १९, कनकाईमा १५, अर्जुनधारामा १४, मेचीनगरमा १२, दमकमा ११, बुद्धशान्तिमा  आठ, शिवसताक्षीमा ६, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका  तीन/तीन, बाहृदशी, कचनकवल र झापा गाउँपालिकामा एक/एक, धनकुटाको धनकुटा नगरपालिकामा  पाँच, पाख्रिबास, साँघुरीगढी र स्थानीय तह नखुलेका एक/एक जना रहेका छन् ।

    मन्त्रालयका अनुसार तेहृथुमको म्याङलुङमा पाँच, लालीगुराँस र स्थानीय तह नखुलेका एक÷एक, इलामको चुलाचुलीमा दुई, इलाम नगरपालिका र देउमाईमा एक/एक, उदयपुरको त्रियुगा, रौतामाई र स्थानीय तह नखुलेका एक÷एक, सङ्खुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका एक÷एक, भोजपुरको भोजपुर नगरपालिकामा एक र प्रदेशबाहिरका २८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

    प्रदेशमा आज १५२ महिलासहित ३२२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको छ   । प्रदेशमा   सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ८२१ रहेको मन्त्रालयले जनाएको छ ।