प्रदेश 1

प्रदेश नं १ मा राष्ट्रियसभाका तीन पदका लागि निर्वाचनको मतपरिणाम सार्वजनिक

१२ माघ, बिराटनगर । प्रदेश नं १ मा राष्ट्रियसभा तीन सदस्य पदको आज भएको निर्वाचनको मतपरिणाम साँझ सार्वजनिक गरिएको छ । उक्त निर्वाचनमा दुई स्थानमा गठबन्धन दलले विजयी भएको छ भने एक स्थानमा नेकपा ९एमाले० विजयी हुन सफल भएको छ । राष्ट्रियसभाको अन्यतर्फ गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपालकुमार बस्नेत ९झापा० निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा९एमाले०का गुरुप्रसाद बराल ९मोरङ०ले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नेकांका बस्नेत विजयी भएका छन् ।

उनीहरू दुवैले चार हजार ४८८ मत ल्याएका थिए । अन्यतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्वरबहादुर विष्ट९झापा०ले १६८ मत ल्याएका थिए । अन्यतर्फ प्रदेशसभा सदस्यको एक मत र स्थानीय निकायतर्फ दुई मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।

यसैगरी अपाङ्ग/अल्पसङ्ख्यकबाट नेकपा ९एमाले०का सोनाम ग्याल्जेन शेर्पा (सोलु) चार हजार ४७० मत ल्याइए विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धन दलबाट जनता समाजवादी पार्टी, नेपालका हेमराज राई थुलुङ (भोजपुर) चार हजार ३८६ मत ल्याएका थिए । उक्त मतदानमा स्थानीयतर्फको चार मत बदर भएको थियो ।

यस्तै महिला उम्मदेवारतर्फ नेकपा (एकीकृत समाजवादी)का जयन्तीदेवी राई(भोजपुर) चार हजार ६९२ मत ल्याइए विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)की सुमित्रा सुवेदी भण्डारी(झापा)ले चार हजार ३६२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी रञ्जु प्याकुरे (झापा)ले १२० मत ल्याएका छन् । महिलातर्फको मतदानमा स्थानीय निकायको तीन मत बदर भएको थियो ।

राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपाल ९गठबन्धन दल०बाट तीन जना र एमालेबाट तीन जना र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुई जना उम्मेदवार रहेका छन् ।

राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशसभाका ९२ र १३७ स्थानीय तहका २७२ मतदाता रहेका छन् । आज भएको निर्वाचनमा प्रदेशसभातर्फ ९१ र स्थानीय तहका २७० जनाले मतदान गरेका थिए । प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय तहको १८ हुने कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकृत भरत लम्सालले विजयी उम्मेदवारलाई आजै साँझ प्रमाणपत्र वितरण गरे ।