२९ जेठ, काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रमुख निर्णयहरू गरेको छ।
सरकारले संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको म्याद एक महिना थप गर्दै असार मसान्तसम्म पुर्याउने निर्णय गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा रहेको उक्त कार्यदलको म्याद थप गरिएको हो।
यसैगरी, सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला र सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।
त्यसैगरी, लेखामान बोर्डको अध्यक्ष पदमा सिन्धुपाल्चोकका रमेशकुमार धिताललाई मनोनयन गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।





