समाचार

कानुनमन्त्री बडूलाई कोरोना सङ्क्रमण

१३ माघ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूलाई कोरोना सङ्क्रमण भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री बडूले हिजो बुधबार पिसीआर परीक्षण गराएका हुन्।

पिसीआर परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सूचना अधिकारी राजाराम दाहालले जानकारी दिनुभयो । मन्त्री बडूको स्वास्थ्य अवस्था सामान्य रहेको र अब केही दिन आइसोलेशनमा रहने उनले जानकारी दिए ।