समाचार

आयल निगमको कार्यकारी निर्देशकका लागि दर्जनौंको निबेदन, निबर्तमान कार्यकारी पौडेलको परेन निबेदन

१७ माघ, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकको पौष २द्द गतेबाट म्याद समाप्त भएपछि दर्जन भन्दा बढीको उक्त पदका लागि निबेदन परेको छ ।

निबेदन दिनेहरु जीवन प्रकाश सिटौला, विष्णुबाबु मिश्र, हरिभक्त शाही, प्राडा लक्ष्मण पौडेल, लोकबहादुर खड्का र लोकराज पाठक, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरन्जन दास, रामदेव यादव, डा चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द भुपेन्द्रकुमार अर्याल र सन्जय कुमार रहेका छन् ।
कार्यकारी निर्देश्कको म्याद तीन बर्षको हुने र समाप्त भएपछि तीन बर्षका लागि नियुक्ती गर्न प्रतिष्पर्धाका लागि बिज्ञापन गर्ने भनेपछि उक्त पदमा योग्य ठान्दै निबेदनहरु परेका हुन् ।
निबर्तमन कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले भने पुनः कार्यकारी निर्देशकका लागि निबेदन दिएका छैनन् । निबर्तमान कार्यकारी पौडेल उक्र पदमा बहाल रहँदा बिबादमा परेनन् ।