समाचार

काँग्रेस कार्यसम्पादन समिति बैठक माघ २७ गते, भातृ संस्थाको बिषयमा महत्वपूर्ण निर्णय हुने संकेत

२२ माघ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय बस्ने भएको छ ।
उक्त बैठकले म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरु, पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका बिषयमा निर्णय गर्ने काँग्रेसले बिज्ञप्ती जारी गर्दै बताएके छ ।

बीपी स्मृति भवन, वी।पी।नगर, ललितपुरमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि पार्टीले अनुरोध गरेको छ ।
काँग्रेसका भातृसंस्थाहरु नेबिसंघ, तरुण दललगायतको म्याद थप्ने वा नयाँ अधिवेशन गरी नेतृत्व ल्याउन वा नयाँलाई नियुक्ती गर्ने भन्ने बिषयमा निर्णय हुनसक्ने अनुमान गरिएको छ ।