समाचार

काँग्रेसको प्रवक्तामा डा महतलाई गरे देउवाले नियुक्त

२४ माघ, काठमाडौं । नेपाली काँग्रेसको प्रवक्तामा डा प्रकाश शरण महत चयन भएका छन् । काँग्रेसको १४ औ। महाधिवेशनमा महामन्त्रीमा पराजीत भएका डा महतलाई काँग्रेस सभापति शेरबहादुर देउवाले काँग्रेसको प्रवक्तामा नियुक्त गरेका हुन् ।
यसभन्दा अगाडी १३ औं महाधिवेशनपछि प्रवक्तामा नियुक्त भएका बिश्वप्रकाश शर्मा हाल काँग्रेस महामन्त्रीमा बिजय भएको अवस्था छ ।
नवनियुक्त प्रवक्ता डा महत यसभन्दा अगाडीको केन्द्रीय कार्यसमितिमा सहहामन्त्री थिए भने महामन्त्रीको पराजयपछि सभापति देउवाले डा महतलाई केन्द्रीय सदस्य मनोनित गरेका थिए ।
काँग्रेसका मनोनित गर्न पाउने केन्द्रीय समितिमा सभापति देउवाले अधिकाँस मनोनित गरिसकेका छन् ।