समाचार

एमसीसी पास गराउन ओलीसँग सहकार्य र गठबन्धन तोड्न प्रधानमन्त्री यसरी हुँदैछन् सकृय

१० फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

आज साँझ वालुवाटारमा प्रधानमन्त्री देउवालाई भेट्न वालुवाटार पुगेको र एमसीसीलगायत पछिल्ला राजनीतिक गतिबिधिका बिषयमा छलफल हुने बताईएको छ ।
सदनमा टेवल भएको एमसीसी कुनै पनि हालतमा पास गर्नुपर्ने अडानमा रहेका प्रधानमन्त्री देउवाको समर्थनमा गठबन्धनका हिसावले माओबादी केन्द्र र एकीकृत समाजबादीले मतदान नगर्ने निर्णय गरेपछि बिलखबन्धमा परेका प्रधानमन्त्रीसँग छलफल गर्न ओली बालुवाटार पुगेका छन् ।
माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल र एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पास नभएमा एमालेसँग सहकार्य गरेर अगाडी बढ्ने रणनीतिमासमेत देउवा रहेको राजनीतिक घटना क्रमले देखाउछ ।