समाचार

एमसीसी पास हुने सम्भावना न्यन, प्रचण्डलाई फकाउन गए गृहमन्त्री खाँण खुमलटार

११ फागुन, काठमाडौं । नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहालसँग भेट्न अध्यक्ष दहाल निवास खुमलटारमा गृहमन्त्री बालकृष्ण खाणँ पुगेका छन्।
आज बिहानै अध्यक्ष दहाललाई भेट्न ललितपुरको खुमलटार गएका काँग्रेस केन्द्रीय सदस्यसमेत रहेको गृहमन्त्री खाँणले सदनमा टेबल भएको एमसीसी पास गर्न अनुरोध गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गराउन लविङ गर्ने कार्यअनुरुप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि दुई पटक भेट गरिरहेका छन् भने सरकार घटक गठबन्धन दलहरुसँगको पटक पटकको छलफल पनि भेटबाहेक एमसीसीका बिषयमा महत्वपूर्ण निर्णय हुन सकेको छैन ।
सत्तारुढ दलको नेतृत्वकर्ता नेपाली काँग्रेस अमेरीकी सहयो एमसीसी जसरी पनि पास गराउने रणनीतिमा लागेका छन् भने सत्तारुढ र प्रतिपक्षी कम्युनिष्टहरु दोहोरो भूमिकामा रहेका छन् । बिहीबार सदनमा दफादार छलफलपछि पास गर्ने भनिएको एमसीसी पास हुने वा नहुने हो त्यो हेर्न बाँकी भएपनि पछिल्लो राजनीतिक घटनाक्रमलाई हेर्दा एमसीसी पासका लागि बहुमत पुग्ने देखिन्न ।
पास वा फेल जे भएपनि आज प्रधानमन्त्रीको दुत बनेर गृहमन्त्री खाणँ माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालको समर्थन लिन थप लविङका लानगि अध्यक्ष दहाल निवास पुगेका हुन् ।