समाचार

भ्रस्टाचार बिरोधी अभियान्ता शाही बने राप्रपाको प्रवक्ता, पाए शुसासन बिभागको जिम्मेवारी

११ फागुन, काठमाडौं । राप्रपाको प्रवक्तामा ज्ञानेन्द्र शाही मनोनीत भएका छन् । अध्यक्ष राजेन्द्र लिंदेनले केही दिन अगाडी राप्रपामा भित्र्याएका भ्रष्टाचार बिरोधी अभियान्ता ज्ञानेन्द्र शाहीलाई राप्रपाको प्रवक्ताको जिम्मेवारी दिएका छन् ।


महाधिवेशनमा अध्यक्षमा पराजीत भएपछि निबर्तमान राप्रपा अध्यक्ष कमल थापाले राप्रपा नेपाल पार्टी पुनः ब्यूत्याएका छन् भने नवनिर्बाचित अध्यक्ष राजेन्द्र लिँदेनले ज्ञानेन्द्र शाहीलगायत अन्य पार्टीका नेता कार्यकर्ताहरुलाई राप्रपा प्रवेश गराईरहेका छन् ।
भ्रष्टाचार बिरोधी अभियान्ता शाहीलाई राप्रपाले प्रवक्तासहित शुसासन बिभागको जिम्मेवारीसमेत दिएको छ ।

भ्रष्टाचार बिरोधी अभियान्ता शाही सर्बसाधारणमाझ लोकप्रीय मानिन्छन् ।