विचार/ब्लग

नेता भगवान बन्नसकेमात्र देश विकास सम्भव

सम्झना कार्की/देश बर्बाद छ र बेरोजगारीको बढ्दो क्रम उस्तै छ । मेरो देशका नेताहरु वोल्छन् मात्र काम भने खासै गरेको देखिदैन । पटक पटक सत्तामा वसेका ठुलाठुला र लोकप्रिय पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी एमाले, कांगे्रस, माओवादी र अन्य पार्र्टीका बिधानकानीति, सिद्धान्त, उद्येश्य देश र जनताका पक्षमा छन् तर उनीहरुका गतिबिधि र नीति, सिद्धान्त लागू गगर्ने प्रकृया गलत छन् भन्ने बौद्धिक बर्गको आरोप सही पुष्टी हुँदैछ ।
गाउँदेखि सहरसम्म सातै, प्रदेश, ७५३ स्थानीय तह कतैपनि विकास कामहरु योजनाबद्ध रुपमा परिणाममुखी भएर अगाडी बढेका छैनन् । मेरो देशका कुनाकाप्चादेखि टोल समाज र सहरसम्मपनि राजनीति खिचातानीका कारणले गर्दा विकास निर्माणको गति सुस्त देखिन्छ ।
राजनीतिक दलका नेताहरु साँसद जित्ने, मन्त्री बन्ने, प्रधानमन्त्री बन्नेमात्र सरकारमा बसेर पनि केही गर्न नसक्ने पुष्टी भईसकेको छ । देशका हुनाहार युुवाहरु दिनानुदिन रोजगारीको लागि आफ्नो घरपरिवार छोडेर विदेश पलायन हुनुको बाध्यता अहिलेसम्म ज्यूँ का त्यूँ छ । म जस्ता शिक्षीत होस् वा अन्य अशिक्षीत युवाहरुले, ‘सरकार, अनि म कहिलेसम्म रोजगारी नपाएर, परिवार पाल्न नसकेर रुदै बस्ने ? भनि प्रश्न सोध्ने बेला आइसकेको छ ।
देशमा न त गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, खेलकुद नै रहेको छ, न त आधारभूत आवश्यक्ताहरुपूर्तिका लागि सरकार संबेदनशील छ । छ त केवल कदेश र जनताका नाममा कमाउन राजनीति गर्ने प्रचलन । विद्यार्थीहरुलाई पढ्नको लागि गुणस्तरीय उच्च शिक्षा अध्ययन गराउने वातावरण बनाउन पनि नसक्ने सरकार यो वा त्यो पार्टीका नाममा परिवर्तन भईरहन्छन् तर समस्या जहाँ को त्यहीँ ।
दिनहु अक्सिजन नपाएर एउटा गरिव नेपाली बिरामी उपचारका लागि भौतारिएर मनुपरेको अवस्थामा हाम्रो नेताहरु उपचारका लागि सामान्य रोग लाग्दा पनि अमेरिका, जापान, थाइल्यान्ड, सिंगापुर, चीन, भारत पुग्ने कस्तो विभेद हो ।
मेरो गाउँघरमा यातायात र बाटोघाटो नप्ुग्नुका कारणले छिमेकी दिदीको मृत्यु भएको सुन्दा मलाई ज्यादै दुःख लागेको थियो, विद्यार्थी जीवनको समस्यै समस्याग्रस्त जीवन बिताईरहेका हामीजस्ता युवाले त्यस घटनालाई चिन्ता लिनु शिवाय केही गर्न सकिने अवस्था देख्दिन । नेताहरुमा आफुलाई काम पर्दा भाँडो काम सकेपछि ठाँडो भने झैँ कुुिुर्समा नपुृगेुसम्ममा जनतालाई राम्रा राम्रा बकम्फुुसे गफ लगाएर आफ्नो बनाउने अनिपछि जनता कार्यकर्ता नचिन्ने प्रवृद्धि परमपरा नै बनिसकेको छ । देश र जनताको लागि नभएर आफ्नो स्वार्थको लागि काम गर्ने, आफ्नो परिवार–नातागोता–आफन्तको पेट भर्ने, सबैभन्दा ठुलठुला पदमा नियुक्ती गरी भ्रष्टाचार गर्ने प्रबृति सामान्य भईसकेको छ ।
आजकल फेरि नेताहरु तनावग्रस्त देखिइएका छन् अहिले मिलियन च्यालेनज कर्पोरेसन(एमसीसी)का बारेमा नेताहरु चिन्तित देखिन्छन्, एमसीसीको विषयमा सरकारको नेतृत् वगर्ने दल नेपाली कांग्रेस जसरी पनि एमसीसी पास गर्ने रणनीतिमा स्पष्ट छ भने सरकारका गठबन्धन दलहरु माओबादी केन्द्र र एकीकृत समाजबादी दल एमसीसी को बिपक्षमा मतदान गर्ने रणनीतिमा छन् । एमसीसी संसदमा टेवल भईसकेको अवस्थामा राजधानीमा सडकमा बन्द हड्तालका कार्यहरु बढ्न थालेका छन् । संसद भवन अगाडी बानेश्वरमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगामयतका राजनीतिक दलहरु र स्वतन्त्र ब्यक्तीहरुले आफ्ना कार्यकर्ताहरु, समर्थकहरु, भातृसंस्थाहरु एमसीसीको बिरोधमा उतारेको छ । सरकारले एमसीसी पासको बिरीधीमाथी बल प्रयो गर्दा झडप भएर दर्जनौं घाइते पनि भएका छन् ।
गरिबी र भोकमारीका कारणले जनताहरु सडकमा लडिरहेका बेला नेताहरुलाई कसरी मिलियन च्यालेनज कर्पोरेसनको ५५ अर्ब अनुदान कसरी लिने भन्ने तिर काँग्रेसलगायतका केही दलहरु व्यस्त रहेका छन् भने एमालेलगायतका दलहरु एमसीसी ठीक हो भनेर ओली सरकारले नै टेवल गरेको भएपनि बैसाख ३० गतेका लागि घोषणा भईसकेको स्थानीय तह निर्बाचनमा जनतासँगको भोट बिग्रने डरले एमसीसीको बिरोध गर्दै भोट बटुल्न एमसीसीका बिरुद्ध चर्का नारा लगाउन ब्यस्त छन् । एमसीसी के हो जनताले बुझेका होलान् तर एमसीसी राम्रो हो भन्ने र नराम्रो हो भन्ने नेताहरुका कारण नेपाली जनता दुई ध्रबमा बाँढीएका वा कन्फ्युज छन् । इतिहासकालदेखी मिलेर बसेका नेपाल्ीहरुलाई बिबादमा ल्याएर तनाबग्रस्त मुलुक बनाएर हिँड्ने नेतृत्व पंक्तीबाट देश बिकास सम्भव छैन । देश निर्माणका लागि अव कसैको बिरोध भन्दा पनि सबै मिलेर अगाडी बढ्न जरुरी छ ।
हाम्रो देशका नेताहरु असक्षम छन् र सरकारमा नपुगेसम्ममा जनताका सबै दुःख, पिर र सुख देखाउने आश्वासन देखाएर पछि जनताका दुःखलाई मजाक बनाएर उडाउने प्रचलनको अन्त्य गर्नुपर्छ । घर घरमा कम्युटर, इन्टरनेट, विद्युत, शिक्षा, स्वास्थ्यको सुविधाहरु पहुँच पर्याप्तमात्रामा पुर्याएर विकासमा राजनीति नगर्ने परम्पराको विकास राजनीतिक दलहरुले गर्न जरुरी छ ।
अव पनि पार्टी, राजनीतिक दलको नीति, शिद्धान्त एउटा र कार्यन्वयन पक्ष अर्कै हुने परम्परा रहीरहने हो भने देश अझै अन्धकारमय हुन सक्छ। मुलुक निर्माणमा ध्यान दिएर राजनीतिमा लाग्ने भन्दा आफु, आफ्नो परिवार पाल्न राजनीतिमा लाग्ने परम्पराको अन्त्य गर्नुपर्छ । राजनीति नितान्त समाजसेवा र नेता भगवान बन्ने अवस्था एक सच्चा मानिसले कल्पना गर्ने अवस्था आईसकेको छ ।