समाचार

संसद बैठक आज पनि सर्यो, एमसीसीबारे १५ गतेको संसदमा छलफल हुने

१३ फागुन, काठमाडौ । आजको प्रतिनिधि सभा बैठक आईतबारका लागि सरेको छ । सभामुखले कानूनमन्त्री दिलेन्द्र प्रसाद बडुको आग्रहमा आजको संसद बैठक १५ गतेका लागि सारिएको बताईएको छ ।
टेबल भएको एमसीसी पास गराउने अन्तिम प्रयासमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिएका गठबन्धन दलहरु माओबादी केन्द्र र एकीकृत समाजबादीले एमसीसीको बिरोध गर्दै बिपक्षमा मतदान गर्ने बताएपछि एमालेसँग देउवाले छलफल गरेपनि एमसीसीको पक्षमा माहौल नबनेपछि प्रधानमन्त्रीसंगको सल्लाहमा कानूनमन्त्री बडुले आईतबारका लागि संसद बैठक सारेको बताईएको छ ।
बिहीबरका लागि बोलाईएको संसद बैठक पनि आजका लागि सारिएको थियो ।