गण्डकी प्रदेश

राप्रपा नेपाल संगठन विस्तारमा तीब्रता

१३ फागुन, काठमाडौं । राप्रपा नेपालले संगठन विस्तारलाई तिव्र बनाएको छ । सो पार्टीले विभिन्न जिल्लामा संयोजक तोकेर संगठन विस्तारलाई अघि बढाउने रणनीति अख्तियार गरेको छ ।
आज मात्र राप्रपा नेपालले कास्की जिल्ला कार्य समिति गठन गरेको छ । कास्कीका राप्रपा नेपालसम्बद्ध नेता, कार्यकर्ताहरुको भेलाले शिव कुमार बाँस्तोलाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो । नगगठित समितिको सदस्यहरुमा सूर्य प्रसाद बाँस्तोला, विश्वराज पौडेल, इन्द्र कुमारी शाही, चिना दुवाडी, सागर क्षेत्री, टुक बहादुर गुरुङ, विमल बराल, हिमाल पोखरेल, विष्णुराज बाँस्तोला, कृष्ण प्रसाद बाँस्तोला, लिलाधर गौतम, दिपक सुनार, अनुज अधिकारी हमाल, बीर बहादुर तामाङ, टिकीसरा गर्वुजा तामाङ, जिल्ला संयोजकमा बास्तोला, चितवनमा खराललगायत रहेका छन् ।