अन्तर्राष्ट्रिय

युक्रेनी सेनाले हतियार बिसाए रुस वार्ता गर्न तयारः विदेशमन्त्री

१घ फागुन, मस्को । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले शुक्रबार युक्रेनी सेनाले आत्मसमर्पण गरेमा कीभसँग वार्ता गर्न मस्को तयार रहेको बताएका छन् ।

राजधानीमा रुसी आक्रमणकारी सेनाहरू अघि बढ्दै गर्दा उनको सो टिप्पणी आएको हो । ‘युक्रेनको सशस्त्र सेनाले हाम्रो आह्वानलाई सुनेर हतियार बिसाउँने बित्तिकै हामी जुनसुकै बेला वार्ताका लागि तयार छौं,’ लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा भने।