अन्तर्राष्ट्रिय

अमेरिकाले भियतनामबाट पाठ सिकेनः पाकिस्तानी राष्ट्रपति अल्वी

१३ फागुन, इस्लामाबाद । पाकिस्तानी राष्ट्रपति आरिफ अल्वीले संयुक्त राज्य अमेरिकाले ‘विगतबाट पाठ नसिकेको’ र ‘अर्को जालमा फसेको’ भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
अल्वीले ‘दक्षिण एशियाः उदीयमान अवसर र चुनौती’ विषयक सम्मेलनको सत्रमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । ‘मलाई विश्वास थियो कि अमेरिकाले भियतनाम युद्धबाट पाठ सिकेको छ र अर्को जालमा फस्ने छैन।’ अल्वीले भने ।
राष्ट्रपति अल्वीको यो टिप्पणी जारी युक्रेन द्वन्द्वको बीचमा आएको हो । केही समय अघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मस्को भ्रमण गरेका थिए । यद्यपि विश्लेषकहरूले यो भ्रमणलाई ‘असान्दर्भिक’ र ‘मूर्खतापूर्ण’ भनेका छन्।