समाचार

प्रधानमन्त्री केहीदिनमा नै ओली भेट्न गगन, पूर्णबहादुर र ज्ञानेन्द्रलाई लिएर गए बालकोट

१३ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका सभापति एबम् प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओलीनिवास बालकोट पुगेका छन्।
काँग्रेस नेताहरु महामन्त्री गगन कुमार थापा, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, उपसभापति पूर्णबहादुर खड्कालगायतका उच्च स्तरका नेताहरु लिएर बालकोट गएका छन् ।
संसदमा टेबल भएको एमसीसी पास गर्न नेकपा एमालेको समर्थन लिन प्रधानमन्त्री देउवा ओली निवास बालको पुगेका हुन् ।
आज अपरान्हमात्र नैकपा माओबादीका अधयक्ष पुस्पकमल दहाल र नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपालसँग भेट गरेर एमसीसीका बिषयमा कुराकानी गरेका थिए ।
केहीदिन अगाडीमात्र पत्नि आरजु राणा देउवालाई लिएर ओली निवास गएका प्रधानमन्त्री बालुवाटारमा दुईपटक ओलीसँग भए भएको भएपनि आज ओली निवास गएका छन् ।
काँग्रेसले एकढिक्का भएपनि एमाले, माओबादी केन्द्र, एकीकृत समाजबादीले दोहोरो चरित्र देखाएका कारण प्रधानमन्त्री देउवालाई एमसीसी पास गर्न धौ धौ परेको छ ।