समाचार

बालुवाटारमा एमसीसी पास गर्ने बिषयमा गठबन्धन दलको बैठक जारी


१५ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल, नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाललगायत गठबन्धनका उच्च नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बैठक भईरहेको छ ।
आज संसदमा छलफल हुने भनिएको केहीदिन अगाडी टेबल भएको अमेरिकी सहयोग एमसीसी पास गर्ने बिषयमा छलफल भएको बताईएको छ । पटक पटक छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको एमसीसी पासका लागि बहुमत जुटाउन भने सरकारले सकेको छैन ।