समाचार

राप्रपा नेपालका अध्यक्ष कमल थापाद्वारा पार्टीका पदाधिकारीहरु मनोनयन

१५ फागुन, काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधानबमोजिम पदाधिकारीहरु मनोनयन गरेका छन् ।


जसअनुसार कोषाध्यक्षमा चन्द्र बहादुर गुरुङ काठमाडौं, प्रवक्तामा वसन्तमान सिंह अधिकारी संखुवासभा र सुरेश आचार्य ललितपुर तथा सहमहामन्त्रीमा क्रमशः हिक्मत बहादुर ढकाल बाँके, तेज कुमार कुरुम्वाङ पाँचथर र आईतराम तामाङ मकवानपुर रहेका छन् ।