राजनीति

तनहुँ आगलागी पीडितलाई तत्काल क्षतिपूर्तीको व्यवस्था गर्न सरकारसंग नेता पौडेलको माग

२२ फागुन, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दमौलीस्थित भुपाल हार्डवेयरमा आगलागी भएको खबरले अत्यन्तै दुखि बनाएको बताएका छन् ।
आगलागी बाट धेरै नै क्षति पुगेको छ रअहिले सबैको सहयोगमा आगलागी नियन्त्रण भएको बताउँदै दुःख ब्यक्त गरेका छन् ।
नेता पौडेलको गृहजिल्ला पर्ने तनहुँमा भएको उक्त घटनामा आगलागीबाट पिडित दमौलीबासी साथीहरुप्रति सहानुभूती जनाउदै केन्द्र, प्रदेश र स्थानीय सरकारलाई यथाशीघ्र क्षतिपूर्तीको व्यवस्था गर्न आग्रह गरेका छन् ।
उनको फेसबुक स्टाटस्ः दमौलीस्थित भुपाल हार्डवेयरमा आगलागी भएको खबरले मलाई अत्यन्तै दुखि बनाएको छ । आगलागी बाट धेरै नै क्षति पुगेको छ । अहिले सबैको सहयोगमा आगलागी नियन्त्रण भएको छ ।
यस आगलागीबाट पिडित दमौलीबासी साथीहरुप्रति सहानुभूती जनाउदै केन्द्र, प्रदेश र स्थानीय सरकारलाई यथाशीघ्र क्षतिपूर्तीको व्यवस्था गर्न आग्रह गर्दछु ।