राजनीति

महामन्त्री शर्माको ब्यंग्यः कम्युनिष्टका लागि हरियो सागपात के गर्ने, पर्सि आँगनको बोट बिरुवा कसो गर्ने !

२५ फागुन, काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले विभाजित कम्युनिस्ट पार्टी, हरियो रंगझ देख्दा तर्सिन्छ भनेका छन् । नेता शर्माले यस्तो नयाँ उखान जस्तो मनस्थिति प्रकट नगर्नु जाति, आदरसाथ आग्रह भन्दै उक्त कुरा बताएका हुन् ।
उनले ट्वीट गर्दै बहस सिद्धान्त र मुद्दाको गरौं, हाम्रो ढंग ठिक बनाऔं, मतपत्रको रंगले तब कसैलाई पोल्दैन ! भनेका छन् । नेता शर्माले अन्यथा भोलि हरियो सागपात के गर्ने, पर्सि आँगनको बोट बिरुवा कसो गर्ने भन्दै ब्यंग्य गरेका छन् ।

महामन्त्री शर्माको ट्वीटः विभाजित कम्युनिस्ट पार्टी, हरियो रंगझ देख्दा तर्सिन्छ ! यस्तो नयाँ उखान जस्तो मनस्थिति प्रकट नगर्नु जाति, आदरसाथ आग्रह !

बहस सिद्धान्त र मुद्दाको गरौं । हाम्रो ढंग ठिक बनाऔं,मतपत्रको रंगले तब कसैलाई पोल्दैन ! अन्यथा भोलि हरियो सागपात के गर्ने ! पर्सि आँगनको बोट बिरुवा कसो गर्ने !