विशेष

इतिहास शिरोमणि बाबुराम आचार्य १३५ औ जन्मजयन्तीः किन भएनन् ३१ बर्ष सम्म खरदारबाट बढुवा ?

२९ फागुन, काठमाडौं । इतिहासशिरोमणि बाबुराम आचार्यको १३५ औं जन्मजयन्ती आज काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठानमा भब्य रुपमा बनाईएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान र इतिहास शिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञा प्रतिष्ठानमा कार्यपत्र प्रश्तुत र कार्यपत्रका बिषयमा बिद्वानहरुबीच छलफल भएको छ ।
नेपाल सरकार साँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपाने र खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव सुरेस आचार्यको बिशिष्ट आतिथ्यतामा सम्पन बाबुराम आचार्य र उनको गोगदान बिषयक गोष्ठीमा प्रा डा गोबिन्द टन्डनको २९ पेजको कार्यपत्र पुरै पढेर सुनाउनुभएको थियो ।
इतिहाश बिरोमणि बाबुराम आचार्य प्रतिष्ठानको पहलमा घोषणा भएको दुई लाख रासीके बाबुराम आचार्य सगरमाथा पुरस्कारको बिषयमा पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले प्रकाश पार्दै अझ मन्त्रालयले प्रतिष्ठान र सरोकारवाला निकायसँग बाबुराम आचार्यको बिषयमा थप कार्य गर्ने आफुलाई इच्छा रहेको बताएका थिए ।

कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव सुरेस आचार्यले बाबुराम आचार्यको १० लाखको रासी आफु साँस्कृतिको सचिव हुँदा सिफारिस गरेको स्मरण गर्दै बाबुराम आचार्यको जन्म जयन्तीका अवशरमा फागुन २९ गतेलाई इतिहास दिवश मनाउन सरकारलाई आग्रह गरेका थिए ।
बिशिष्ट अतिथी एबम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीतले बाबुराम आचार्य स्मृति प्रतिष्ठानले इतिहाश शिरोमणिका योगदानलाई स्मरण गराउन नेपाल प्रज्ञा प्रतिष्ठान, साँस्कृति मन्त्रालयलगायतमा घच्घच्याउन कमी नगरेको भन्दै आगामी दिनमा प्रतिष्ठानसँग मिलेर बाबुराम आचार्य संग्राहालय निर्माण, अप्रकाशित कृति प्रकाशनलगायतमा अगाडी बढ्ने बताएका थिए ।
कार्यक्रममा बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले बाबुराम आचार्य सगरमाथा पुरस्कार घोषणा गर्न सहयोग गर्नुहुने मन्त्रालय, नेपाल प्रज्ञा प्रतिष्ठानलगायतलाई धन्यबाद दिँदै कोभिडका कारण प्रतिष्ठानले गर्न सकिने काम पनि गर्न नसकेको भन्दै आगामी दिनमा अझ देखिने खालका कामह
रु गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले इशि बाबुराम आचार्यले कयौं पुस्तक लेखेको कारण बिद्वान कहलिसकेका र उनी चाकरी गर्न जानेका भएपनि नगरेका कारण ३१ बर्षसम्म खरदारमा नै रहनुपरेको बताए । महासचिव आचार्यले अहिले पद र पैसाका लागि ज्यान मार्न तयार रहने पुस्ताका लागि इशि बाबुराम आचार्य मार्ग निदेशक बन्नसक्ने बिचार ब्यक्त गरेका थिए ।

नेपाल एकेडेमीका सदस्य सचिव जगत प्रसाद उपाध्यायले स्वागत गर्दै बाबुराम आचार्यको योगदानको कदर पुरस्कार घोषणासँगदै हुँदै गरेको भन्दै रकमको भन्दा पनि पुरस्कारको महत्व बढी हुने बताएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सामाजिक बिभाग प्रमुख एबम् कार्यक्रमका सभापति प्रा. दिनेशराज पन्तले बाबुराम आचार्यको योगदानको बिषययमा चचै गरेर नसकिने भन्दै ३१ बर्षसम्म खरदारमै बसरेर राणा शासकका अगाडी चाकरी नगर्ने ब्यक्तीका रुपमा बाबुराम आचार्य रहेको बताएका थिए ।
कार्यक्रममा प्रा डा सरेन्द्र केसी, प्रा डा निरन्जनमान सिंह बस्नेत, पुर्व रथी प्रेम सिँह बस्न्यात, नेपाल आयल निगमका पुर्व महाप्रबन्धक जयराज आचार्य, प्रा डा मिना आचार्य, पुर्व मन्त्री मोदनाथ प्रशिदलगायत लब्धप्रतिष्ठीत ब्यक्तीहरुको उपस्थितिमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएकाने थियो ।