२ चैत, काठमाडौं । नेपाल परिवार दलले अगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवारी दिने भएको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले आगामी बैशाख ३० गते हुन गईरहेको आसन्न स्थानीय निर्वाचनमा दलको आफ्नै चुनाब चिन्न सहित निर्वाचनमा जाने निर्णय गर्दै निर्वाचन आयोगमा दर्ता भएको तर राष्ट्रिय मान्यता प्राप्त गरिनसकेका सबै दललाई आफ्नै निर्वाचन चिन्नमा चुनाब लडन पाउने व्यवस्था गर्न सरकार तथा निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले निश्पक्ष, धाधली रहित र शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न गर्ने वातावरण तयार गर्न सरकार र निर्वाचन आयोगलाई आग्रह गरेको छ । बैठकले मुलुकमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता छ र शक्तिको नेतृत्व नेपाल परिवार दल बन्ने वातावरण तयार गर्न समान विचार राख्न दलहरुसँग छलफल गरि गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरको छ ।
बैठकले दलको प्रवत्तामा दैलेखका रुपसिह भण्डारीलाई मनोनित गरेको छ, भने वरिष्ठ उपाध्यक्षको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र सातै प्रदेशका प्रदेश संयोजकको नेतृत्वमा प्रदेश स्तरीय स्थानीय निर्वाचन परिचालन समिति गठन गरी दलको उपस्थित रहेको हरेक स्थानीय तहमा उम्मेदवारी दिने निर्णय समेत गरेको छ । बैठकले डा. साबीत्री न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
बैठक पछि बोल्दै अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले पुराना राजनैतिक दलहरुको द्वैत चरित्रका कारण मुलुकमा अन्योलता छाएको बताउँदै अब जनताहरुले विकल्पको खोजी बताउदै सरकार परिवर्तन भएपनि आजसम्म राजनीतिक संस्कार परिवर्तन हुन नसकेको बताए । अध्यक्ष ढकालले नेपालको राजनैतिक दलले अब भने नैतिकताको आधारमा पनि नेपाली जनताको अगाडि भोट माग्न नमिल्ने बताए नेपाली जनताले आगामी निर्वाचनमा वैकल्पीक शक्तिलाई मत दिनु पर्नेमा जोड दिए । सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा साथ भव्यताका साथ तेस्रो राष्ट्रिय महाधिबेसन सम्पन्न भएपश्चात बसेको पहिलो केन्द्रीय समितिको बैठकमा दलका केन्द्रीय सदस्यहरुले पार्टीको स्थानीय स्तरको गतिविधिहरुको बारेमा रिपोट प्रस्तुत गरेका थिए । बैठक दलका वरिष्ठ उपाध्यक्ष विनोद डाँगी सह(महामन्त्री एवम् संबिधान सभा सदस्य मिलन कुमारी राजवंशी लगायत दुई दर्जन नेताहरुले आ आफ्नो धारणा राखेका थिए ।





