अन्तर्राष्ट्रिय

पोर्चुगलका प्रधानमन्त्रीद्वारा नयाँ सरकार गठन


१० चैत, लिस्बन । पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले बुधबार नयाँ सरकार गठनको नामावली प्रस्तुत गरेका छन । सो प्रस्तावलाई राष्ट्रपति मार्सेलो रेबेलो डे सुसाले स्वीकार गरेका छन। कुल १७ मन्त्री र ३८ राज्यमन्त्रीको नामावली प्रस्तुत गरिएको छ।
पुरुष भन्दा बढी महिला मन्त्रीहरू सहभागी रहेको नयाँ सरकार पोर्चुगलको लोकतान्त्रिक इतिहासमा पहिलो हुनेछ । जसमा राष्ट्रिय रक्षा मन्त्री हेलेना कारेरास सो पद ग्रहण गर्ने पहिलो महिला हुनेछिन्।
प्रधानमन्त्री(निर्वाचित, एन्टोनियो कोस्टाले बताएअनुसार नयाँ सरकारको”बलियो राजनीतिक आधार” छ जुन”पोर्चुगाली समाजमा विविध अनुभवहरू” भएका व्यक्तिहरू मिलेर बनेको छ ।
नयाँ मन्त्रीहरुको सपथ ग्रहण चैत ३० गते हुने बताइएको छ ।