आर्थिक

अब सानिमा बैंकको शाखा चितवनको टाँडीमा


१० चैत, काठमाडौँ । सानिमा बैंक लिमिटेडले चितवनको टाँडीमा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचाय(मह जोडी) र सानिमा बैंकका संचालक डा.केशव प्रसाद आचार्यले संयुक्त रुपमा गरे ।
समुद्घाटन् समारोहमा मह जोडीले रत्ननगर, टाँडीमा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । समुद्घाटन् समारोहमा रत्ननगर नगरपालिकाका मेयर नारायण बनले रत्ननगरमा सानिमा बैंकले शाखा संचालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्ने र त्यहाँको व्यवसायिक बिकासमा टेवा पु¥याएकोमा शुभकामना व्यक्त गरे । त्यसैगरी सानिमा बैंकका संचालक डा.केशव प्रसाद आचाय र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।