अन्तर्राष्ट्रिय

भेनेजुएला भूकम्पमा परि मृत्यु हुनेको संख्या १४ सय नाघ्यो, ५ हपार बढी बेपत्ता

१४ असार, काठमाडौं । जुन २४ राति दुई शक्तिशाली भूकम्प गएको भेनेजुएलामा स्थानीय समयअनुसार शुक्रबार दिउँसो अर्को भूकम्प गएको छ।

देशको उत्तरी तटनजिकै गएको भूकम्प ४.९ म्याग्निच्युडको थियो। रोयटर्सका अनुसार राजधानी कराकास र माराकेमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।

यसैबिच अघिल्लो भूकम्पमा परी मृत्यु भएकाको संख्या १ हजार ४३० पुगेको छ। यस्तै ३ हजार ३६० भन्दा बढी घाइते भएका छन् भने ५१ हजार ७०० भन्दा बढी बेपत्ता छन्।

अधिकारीहरूले शुक्रबार बताएअनुसार अहिलेसम्म २४३ जनालाई जीवितै फेला पारिएको छ। मृतकको संख्या अझ बढ्न सक्छ।